मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा छविको बयान जारी, बाहिर सहकारी पीडितको प्रदर्शन

रुपन्देहीमा छविको बयान जारी, बाहिर सहकारी पीडितको प्रदर्शन

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान दिइरहेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डितलगायतका अनुसन्धान अधिकृतहरूले जोशीको बयान लिइरहेका छन् ।

६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो ।जोशीको बयान चलिरहँदा जिल्ला अदालत अगाडि सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् । सुप्रिम सहकारी पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गरलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।