मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार गठनको सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् – प्रचण्ड

सरकार गठनको सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् – प्रचण्ड

न्यूजस्टोरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्री नै भ्रष्टाचारीको संरक्षक रहेको पुष्टि गरेको बताएका छन् । प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटमा आफूले सरकार गठन भएदेखि नै लगाएको आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए ।
 
सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उनको आरोप छ । अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने उनले जानकारी दिए । 

“सरकारले जतिसुकै नराम्रो काम गरे पनि हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक हामीले अन्य विरोधका कार्यक्रम गरेका छैनौँ,” उनले भने, “आज हामी विपक्ष दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ । सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।”