मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीमा मनाङेले छोडेको वन मन्त्रालय भेषबहादुर पौडेललाई

गण्डकीमा मनाङेले छोडेको वन मन्त्रालय भेषबहादुर पौडेललाई

न्यूजस्टोरी

पोखरा । गण्डकी प्रदेश सरकारमा रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।उनी नेपाली कांग्रेसमा शेखर कोइराला निकट हुन्  ।

सोमबार साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

तर, त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले राजीनामा दिएका थिए ।