मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

न्यूजस्टोरी

काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको हो ।

बैठकमा समसामयिक छलफल हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।

यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झण्डै ११ रोपनी जग्गा दानका रुपमा लिएको छ । यसको पार्टीभित्रैबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ ।