मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि पक्राउ परेपछि समर्थकहरुले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी

रवि पक्राउ परेपछि समर्थकहरुले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको बताएका छन् ।

उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए । उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए । छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुदै पोखरा लैजाने भएको छ ।