मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति 

रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति 

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई अनुसन्धानका लागि प्रकाउ गर्न माग गरे अनुसार कास्की जिल्ला अदालतले आज पक्राउ अनुमति दिएको हो ।

”जिल्ला प्रहरी कार्यालय कास्कीको च.नं.च.नं.७00३ मिति २०८१/०७/०२ गतेको पत्रमा उल्लेखित व्यक्तिहरु रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गरी बयान लगाएतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ९ ९३० बमोजिम निजलाई पक्राउ गर्न अनमति दिइएको व्यहोरा अनुरोध छ”, पक्राउ अनुमति पत्रमा भनिएको छ ।

गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन सहकारी समेतका ७ सहकारीबाट लगानी गरिएको निश्कर्ष निकाल्दै सहकारी ठगी प्रकरण छानविन गर्न गठित संसदीय छानविन समितिले ठहर गर्दै गोरखा मिडियाका तत्कालिन संचालकहरुमाथि कारवाहीको सिफारिस गरेको थियो ।