मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी प्रकरण : पूर्वडीआईजी जोशीलाई अदालत लगियो

सहकारी प्रकरण : पूर्वडीआईजी जोशीलाई अदालत लगियो

न्यूजस्टोरी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले अदालत उपस्थित गराएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान बाँकी रहेकाले म्याद थप गर्न लागेको जनाएको छ।

सुर्यदर्शन सहकारीको रकम गरी गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा उनी गत असोज ६ गते पक्राउ परेका थिए। उनीमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

कास्की प्रहरीले उनीसँग बयान लिइसकेको छ। गोर्खा मिडियाका अध्यक्ष जीबी राईले नै रकम ल्याएको र आफूले कुनै रकम हिनामिना नगरेको बयान जोशीले दिएको प्रहरीले जनाएको छ।

गोर्खा मिडिया नेटवर्क स्थापना अध्यक्ष जीबी राई, जोशी, पूर्वगृहमन्त्री रवि लामिछानेलगायत भएर गरेका थिए। लामिछाने यस प्रकरणमा मुछिएपछि संसदीय छानबिन विशेष समिति बनेको थियो। समितिले लामिछानेले आफैँले सहकारीबाट रकम नल्याएको तर ल्याएको रकम अपचलन गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो। संसदीय समितिको नेतृत्व एमालेका सांसद सूर्य थापाले गरेका थिए।