काठमाडौं । भारतमा उपचाररत् राष्ट्रिय प्रजातन्त्र पार्टीका महमन्त्री धवलशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएका राप्रपाका महामन्त्री राणा मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेका छन्। राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने उनले सामाजिक सञ्जालमार्फत बताएका छन्। उनले लेखेका छन्, ‘जटील रोगको उपचारबाट स्वस्थ भई पार्टीका एजेन्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ। देश, जनता र पार्टीका एजेन्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु।’
राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा शल्यक्रिया गरिएको थियो।


प्रतिक्रिया