मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरा बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो (अपडेट)

डडेल्धुरा बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो (अपडेट)

न्यूजस्टोरी

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बुधबार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बलले बैतडीको पुर्चौडी नगरपालिका-१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट भेटिएको बताए । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका-७, खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी-३ का ४५ वर्षीय जैमती बोहरा, दुई दिनका नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए ।

दुर्घटनामा पुर्चौडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका-५ का ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौडी-८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नम्बर ७ का २८ वर्षीय नवराज रतोकी, २० वर्षीय सुरेन्द्र रतोकी, वडा नम्बर १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट झण्डै तीन सय मिटर खसेर पोखरा-बेलापुर सडकमा पुगेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ ।