मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवरुद्ध बीपी राजमार्ग पहिरो हटाएर सञ्चालनमा

अवरुद्ध बीपी राजमार्ग पहिरो हटाएर सञ्चालनमा

न्यूजस्टोरी

काठमाडौं, २६ असोज । गएको असोज १०, ११ र १२ गतेको अविरल बर्षापछिको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग दुई हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । काठमाण्डौलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्गमा हिजो काभ्रको रोशी गाउँपालिका–९ मङ्गलटारमा डाइभर्सन बनाएसँगै एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बाढीपहिरोले नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको झन्डै दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ ।

सडकको अवस्था भने जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३-५४ देखि बीपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक० निर्माण कार्य शुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।