मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सल्यानमा यात्रुबाहक फोर्स गाडी दुर्घटना, १६ जना घाइते

सल्यानमा यात्रुबाहक फोर्स गाडी दुर्घटना, १६ जना घाइते

न्यूजस्टोरी

काठमाडौं । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटनामा परेको छ । लु २ ख ५००२ नम्वरको यात्रुबाहक फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाईतेहुनेमा कुमाख गाउँपालिका ३ का २२ वर्षका सन्तोष राना, ५५ वर्षका वसन्त भारती, ६० वर्षका वसन्ता भारती, कुमाख गाउँपालिका १ का २८ वर्षका विष्णुचन्द, ३४ वर्षका घनश्याम के.सी, १३ वर्षका सलिना शाही, २१वर्षका दिपकनाथ योगी रहेका छन् ।

त्यस्तै कुमाख गाउँपालिका ३ का २२ का पारस भारती, वर्ष १५ का विनोद नाथ योगी, वर्ष १८ का विनता नाथ योगी ,२३ वर्षका सम्झना भारती, ६ का २५ वर्षका हरि सुनार, ४ का वर्ष २० की सुजाता वुढाथोकी र २० वर्षका विन्दु लामिछाने रहेका छन् ।

गम्भीर घाइते पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

पश्चिम रुकुम चौरजहारी नजिक दुर्घटना स्थल रहेकाले सबै घाइतेहरूको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ ।