मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक शिक्षकले १३ वर्षीय किशोरलाई हजार पटक उठबस गर्न बाध्य पारेपछि…

एक शिक्षकले १३ वर्षीय किशोरलाई हजार पटक उठबस गर्न बाध्य पारेपछि…

न्यूजस्टोरी

काठमाडौं । चीनमा १३ वर्षीय किशोरमा रबडोमायोलिसिस भएको छ । समर क्याम्पमा शिक्षकले हजार पटक उठबस गर्न बाध्य पारेपछि किशोरको ज्यान धरापमा परेको हो ।

यो घटना चीनको शान्तोङ पान्तको जिनिङको हो । हालै किशोरका आमा लुले यो घटनाबारे खुलासा गरेकी थिइन् । घटना पछिल्लो समय क्याम्प्पको थियो । घटना पछिल्लो समर क्याम्पको थियो । अन्य बालबालिकासँग घुलमिल हुन र शारीरिक गतिविधिमा सामेल हुन सकोस् भनेर किशोरकी आमाले उनलाई ७ दिनको क्याम्पमा पठाएकी थिइन् ।

ग्र्याजुएशन डेसम्म सबै कुरा ठिकठाक थियो । त्यो दिनको फोटोमा किशोरको आँखा रातो देखिएको थियो । उनी निराश जस्तो देखिन्थे । किशोरका पिताले उनको एउटा खुट्टा लुलो भएजस्तो देखे । तर क्याम्प आयोजकहरूलाई सोध्दा केही भएको छैन, सबै ठीक छ भन्ने उत्तर आयो । छोरालाई लिन जाँदा मात्रै अवस्थाको गम्भीरता थाहा भयो । किशोर उभिनै नसकेर कुर्सीमा बसेर आमा बुबालाई कुरिरहेका थिए । केरकार गरेपछि अभ्यासका क्रममा अरु केटाकेटीसँग कुराकानी गरेको भन्दै सजायस्वरुप शिक्षकहरूले उसलाई हजार चोटी उठबस गर्न लगाएको थाहा भयो ।

२०० उठबस गरेपछि किशोर खुट्टा गलेर भुँइमा लडे । ग्रयाजुएशन समारोह सुरु हुँदा उनी कुर्सीमा बसेका थिए । छोराले अति नै पीडा भएको गुनासो गरेपछि उनलाई अस्पताल लगियो । तर किशोरको खुट्टा यति दुखिरहेको थियो कि न उनी हिड्न सक्थे न त सुत्न नै । छोटो अवधिमा ज्यानले थेग्नै नसक्ने व्यायाम गर्दा रबडोमायोलिसिस हुन्छ ।  यो ज्यान नै जान सक्ने स्थिति हो । यसमा कंकालमा टासिएको मासु टुक्रिदैं जान्छ । समयमा उपचार भएन भने यसले कलेजो र मृगौंलालाई समेत प्रभावित पार्छ ।

धेरै उठबस गरेर किशोरमा सो समस्या देखिएको थियो । उनको स्थिति यति गम्भीर थियो कि डाक्टरले  उनलाई तत्कालै ह्विलचेयरमा बसाइदिए । १३ दिनसम्म उपचार गरेपछि किशोरलाई अस्पतालबाट रिहा गरियो । तर अहिले १४ वर्ष भएका ती किशोर सामान्य जीवनयापन गर्न असमर्थ छन् । जीवनभरि उनी गहन शारीरिक गतिविधिमा आवद्ध हुन सक्ने छैनन् । उनको खुट्टाका मांशपेशी कमजोर भएको छ भने मिर्गौला र कलेजोमा पनि क्षति पुगेको छ ।