मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम नवलपरासीको दाउन्नेमा एकतर्फी खुलेको सडक फेरि अवरुद्ध

पश्चिम नवलपरासीको दाउन्नेमा एकतर्फी खुलेको सडक फेरि अवरुद्ध

न्यूजस्टोरी

काठमाडौं, १९ असोज । नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेर गएराति एकतर्फी सञ्चालन गरिएको सडक फेरि अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक भासिएपछि गाडी रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार हिजो बेलुका सडक भासिएको थियो । त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि आज बिहान फेरि सडक दुईतर्फी बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउनेरजाने गाडी र यात्रु रोकिएका छन् ।

यसअघि गएको असोज १४ गते पनि खुर्सानी खोला नजिकै सडक भासिएको थियो । देशका अरु ठाउँमा अवरुद्ध भएर सञ्चालनमा आएका सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ ।

काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने दाबी गरेको छ ।