काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताएका छन्।
हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला उनले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताए।
नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताए।
उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताए। नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाइ थियो।
उनले भने, ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरुमाथि चाप पनि परेको छ। नागरिक उडडयनप्रति चाप पनि परेको छ। त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरु आएका छन्। यसलाई कसरी न्यायोचित बनाउने रु कसरी यसलाई तर्कपूर्ण बनाउने रु कसरी निजनेबल बनाउने रु भन्ने कुरामा मन्त्रालय शुरु नै दिनदेखि ११/१२ गते ठूलो भिषण वर्षा भयो। हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरुलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर हामी काम गरिरहेका छौं।’ छौं।’
त्यस अवसरमा मन्त्री पाण्डेले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी काम गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए।


प्रतिक्रिया