मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया, संयोजक नै अनुपस्थित !

फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया, संयोजक नै अनुपस्थित !

न्यूजस्टोरी

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिन पुगेको छ । अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्ततः अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिन पुगेको हो ।

अन्तर्वाताका लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो ।​सर्टलिस्टमा परेका ५ जना उमेदवारमध्ये यी तीन जनाले यसअघिनै दुईपटक सम्म अन्तर्वाता तथा कार्यप्रीस्तुतीका लागि तोकिएको समय बहिस्कार गरेका थिए । पुनः तेस्रो पटकको अन्तर्वाता पनि यी उमेदवारले बहिस्कार गरेका हुन् ।

यसअघि सर्टलिस्टमा परेर अन्तर्वाता तथा कार्यप्रस्तुती समेत दिइसकेका सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मध्ये सन्तोष नारायणले बोर्ड अध्यक्ष छनोटको नयाँ प्रक्रिया सुरु गर्न लागेको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । उनको मुद्दा सर्वोच्चले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको थियो ।

सरकारले पुनः अध्यक्ष छनोट प्रक्रिया अघि बढाउने भएपनि तीन बाँकी तीन जनालाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाइएको थियो । तर, तेस्रो पटक पनि तीनै जना उमेदवार उपस्थित नभइदिएपछि समस्या आएको हो ।