मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम : देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षा

आजको मौसम : देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षा

न्यूजस्टोरी

काठमाडौं, १८ असोज । देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा राति र बिहान पानी परेको छ । आज कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका गरेका छन् ।