मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् अपडेट- मृत्यु हुनेको संख्या दुई सय ४२ पुग्यो, २२ जना अझै बेपत्ता

विपद् अपडेट- मृत्यु हुनेको संख्या दुई सय ४२ पुग्यो, २२ जना अझै बेपत्ता

न्यूजस्टोरी

काठमाडौं, १६ असोज । पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।