मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारीको बचत रकम अपचलन गर्ने बाग्लुङको ढोरपाटनका मेयर नेपाली कारागार चलान

सहकारीको बचत रकम अपचलन गर्ने बाग्लुङको ढोरपाटनका मेयर नेपाली कारागार चलान

न्यूजस्टोरी

बाग्लुङ, १६ असोज । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी मुद्दामा हिजो बाग्लुङ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो । मेयर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले भारतमा पक्राउ गरी गएको शनिबार नेपाल ल्याएर जिल्ला अदालत बाग्लुङमा अस्ति सोमवार पेस गरेको थियो ।

इजालस अधिकृत ऋषिराम रिजालका अनुसार नेपालीको वयान सोमवार नै सकिएको थियो । हिजो थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालले बताउनुभयो ।

भारतको दिल्लीबाट गएको शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतवार बाग्लुङ लगिएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बाग्लुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गएको वर्ष जेठमै उजुरी दिएका थिए ।

सहकारीका बचतकर्ताको दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।