मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले भन्यो- उपसभापति धनराजको ‘डिभोर्स’ नक्कली हुन सक्दैन

कांग्रेसले भन्यो- उपसभापति धनराजको ‘डिभोर्स’ नक्कली हुन सक्दैन

न्यूजस्टोरी

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङले पत्नी ज्योति गुरुङसँग गरेको ‘डिभोर्स’बारे भइरहेको टिप्पणीलाई अनुचित भनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कानुनी रुपमा भइसकेको सम्बन्धविच्छेदबारे बहस गर्नु उचित नहुने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कानुनी रुपमा सम्बन्धविच्छेद भएपछि त्यसमा बहस गर्न आवश्यक नरहेको उल्लेख गरे ।

उपसभापति गुरुङ आफैँले छानबिनका लागि तयार रहेको कुरा संसद्मै बताइसकेको अवस्थामा पार्टीले छानबिनका लागि सहज रुपमा लिने उनले बताएका छन् ।