मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू)

खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू)

न्यूजस्टोरी

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कटान गर्दा बीपी राजमार्ग अवरुद्ध छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै घर फर्किन र काठमाडौंतिर जान थालेका छन् ।

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्म विभिन्न स्थानको सडक कटान र पहिरोले अवरुद्ध भएपछि फसेका यात्रु पैदलै फर्किन थालेका हुन् । तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरूले गुनासो गरेका छन् ।उनीहरूले सडक खोल्न ढिलाइ भइरहेको पनि गुनासो गरेका छन् । काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका बाढी र पहिरोबाट धेरै प्रभावित भएका छन् ।

बीपी राजमार्गमा अहिले पनि सयौँ यात्रु बीच बाटोमै तीन दिनदेखि अलपत्र परेका छन् ।बाढी र पहिरोले तीन दिनसम्म सडक अवरुद्ध भएपछि राजमार्गमा फसेकाहरू पैदलै फर्केका हुन् । उनीहरूले सहज रुपमा पानी र खाना कहीँ नपाएको बताएका छन् ।

राजमार्गमा अलपत्र यात्रुलाई उद्धार गर्न आइतबार बिहानबाट नेपाली सेनाले खाद्यान्नसहितका सामग्री हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो । तर हेलिकप्टरबाट हजारौँ यात्रुको उद्दार सम्भव भएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगिसकेको छ ।