मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपहिरोमा परी देशभर एक सय ७० जनाको ज्यान गयो, ४२ जना अझै बेपत्ता

बाढीपहिरोमा परी देशभर एक सय ७० जनाको ज्यान गयो, ४२ जना अझै बेपत्ता

न्यूजस्टोरी

काठमाडौं, १४ असोज । बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाको ज्यान गएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न ठाउँबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको र सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको उहाँको भनाइ छ ।