काठमाडौं । बिहीवार साँझदेखि परिरहेको अविरल वर्षा शुक्रवार मध्यान्हसम्म पनि जारी नै छ । यो वर्षा आइतवार बिहानसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाइसकेको छ ।
यसेबीच, जल तथा मौसम विज्ञान विभागले भरखरै मोबाइल म्यासेजमार्फत काठमाडौं उपत्यकास्थित बागमती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु तथा विष्णुमति गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जल सतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरुमा यात्रा गर्ने तथा रहनु हुनेहरुले रातिसम्म नै उच्च सहतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया