मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती राजमार्ग तीन दिन अवरुद्ध

राप्ती राजमार्ग तीन दिन अवरुद्ध

न्यूजस्टोरी

तुलसीपुर । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । 

 सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार त्यस क्षेत्रमा वर्षाका कारण पहिरो खसेको र कतिपय स्थानमा सडक दबिएका कारण सडक मर्मतको काम शुक्रवारदेखि सुरु भएको छ । 

ठुला सवारी साधन टिपर र ट्रक सञ्चालनमा मात्रै रोक लगाएको तर साना गाडी भने निर्बाध रुपमा सञ्चालनमा रहने  जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राप्ती राजमार्गअन्तर्गत अमेलिया तुलसीपुर सडक खण्ड भने सञ्चालनमै छ ।