मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु

सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु

न्यूजस्टोरी

सर्वोच्च अदालतले विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । इजलासले यससम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ ।