मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना : २३ जना घाइते

राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना : २३ जना घाइते

न्यूजस्टोरी

काठमाडौं, ८ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस विनयी त्रिवेणी–१ विनयीखोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

उहाँका अनुसार बसमा ४५ जना यात्रु रहेकोमा अरु अवस्था सामान्य छ । घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।