मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

न्यूजस्टोरी

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई म्यादथपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंर्ला ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अस्पतालबाट सिधै काठमाडौं जिल्ला अदालत लगिएको थियो ।प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराधको अभियोगमा प्रसाई विरुद्ध प्रहरीले ४ दिन अगाडी पक्राउको पुर्जी लिएको थियो । ४ दिन देखि ढोका थुनेर बसेका उनलाई आज अपरान्ह प्रहरीले भक्तपुर स्थित घर भित्रै प्रवेश गरेर पक्राउ गरेको गियो ।