मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने

सरकारले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने

न्यूजस्टोरी

काठमाडौं, ४ असोज । सरकारले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले याक दिवस मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यस्तै बैठकले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका २०७० खारेज गरेको छ । यस्तै मन्त्रिपरिषद् बैठकले बेरुजु फर्स्योट समिति गठन गरेको छ । सामान्य प्रक्रियाबाट फर्स्योट हुन नसकेका बेरुजु फर्स्योट गर्न भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा समिति गठन भएको हो ।