मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो

संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो

न्यूजस्टोरी

काठमाडौं । देशभर संविधान दिवस मनाइरहँदा मधेशवादी नेता राजेन्द्र महतो भने विरोध गरेर सडकमा सुतेका छन् ।

नवघोषित राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्षसमेत रहेका महतोसहितका नेता कार्यकर्ता बिहीबार काठमाडौंको माइतीघरमण्डलस्थित सडकमै सुतेका हुन् । उनीहरूले आन्दोलनका क्रममा संविधानको प्रति पनि जलाएका छन् । महतोसहितका केही मधेशवादी दलहरूले संविधान अधुरो र विभेदकारी रहेको भन्दै संशोधनको मुद्दा उठाइरहेका छन् ।

संविधान दिवसको विरोधमा माइतीघरमा विरोधका क्रममा उनीहरू सडकमा सुतेका हुन् । महतोले यो संविधानको विरोधमा क्रान्तिको आव्हान पनि गरेका छन् । उनले यसअघि राष्ट्रिय मुक्ति क्रान्तिको अह्वान भन्दै आन्दोलनमा जाने बताएका थिए । महतो र सुमन सायमीसहितले गैरन्यायिक सडक तथा खोला मापदण्डविरुद्ध आन्दोलनमा जाने बताएका थिए ।

उनीहरूले बहुलराष्ट्र राज्य स्थापनार्थसहित देशलाई सबै नेपालीको साझा बनाउन असोज ३ गते माइतीघरमण्डलमा जम्मा हुन आह्वान गरेका थिए । बिहीबार महतोसहित महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले पनि संविधानको विरोध गरेको छ।

मधेश प्रदेश र संघीय सरकारको सत्ता पक्षीय लोसपाले जनकपुरधाममा कालो झण्डा गाडेर विरोध जनाएको छ ।