किरण कुंवर
चितवन, असोज २ । रातको समयमा बस्ती उज्यालो बनाएर हिँडडुलमा सहजता ल्याउन र अपराध नियन्त्रणका लागि सहयोगी बन्ने मामलामा ‘सडक बत्ती’ को आवश्यक्ता बढि हुने गरेको छ । रातको समयमा हुने चोरी, लुटपाटका घटना नियन्त्रण र सहज हिँडडुलका लागि सडकमा बालिने सडक बत्ती सहर बजार, गाउँघरमा प्रभावकारी बन्दै गएको छ ।
बजार तथा बस्तीमा रहेको सडकमा रातको समयमा बत्ती बाल्दा अपराध नियन्त्रणमा सहयोगी बन्दै गएपनि यसको सञ्चालन र व्यवस्थापनमा भने समस्या देखिने गरेको छ । सडकमा बत्ती बाल्नु सार्वजनिक आवश्यकता भएपनि त्यसको महसुलको व्यवस्थापनको जिम्मेबारी कस्ले र कसरी लिने भन्ने महत्वपूर्ण पक्ष बन्दै गएको छ ।

कतिपय वस्तीमा घर घर मिलेर त्यसको महसुस तिर्ने गरेको पनि पाइएको छ । तर, कतिपय ठाउँमा पालिकाले त्यसको व्यवस्थापन गर्दा समेत प्रक्रियागत रुपले ढिलाई हुँदा महसुल बक्यौतामा केही समस्या समेत आउने गरेको पाइन्छ ।

हरेक बर्ष नगरपालिकाले सडक बत्ती को नाममा लाखौं रकम छुट्टउँछ तर, त्यसको प्रयोग कहाँ र कहिले हुन्छ भन्ने कुराको छनक स्थानीयले अहिले सम्म पाउन सकेका छैनन ।
चितवनको रत्ननगर नगरपालिका पनि यस्तै यस्तै प्रवृतिको शिकार बन्दै गएको छ । स्थानीय तहले सडक बत्तीको नाममा लाखौं बजेट पारित गरेर सडक उज्यालो बनाउँछु भने पनि पोलमा राखिएका भनिएका बत्ति कागजमा मात्रै सिमित बनिदिँदा सडक उज्यालो होइन झनै अन्धकार बन्दै गएका छन् ।

सडकका पोलमा राखिएका बत्ति पनि मधुरो बल्ने र सडक बत्तिकोृ मर्मत नहुँदा चाड पर्व नजिकिदा समेत सडक अध्यारै हुने गरेको छ । चितवनको रत्ननगरमा देखिएको यो समस्या समाधान गर्न सम्बन्धीत निकाएको ध्यान जान जरुरी छ ।


प्रतिक्रिया