मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुबइमा अड्किएको निगमको न्यरोबडी काठमाडौं आएसँगै नियमित उडानमा

दुबइमा अड्किएको निगमको न्यरोबडी काठमाडौं आएसँगै नियमित उडानमा

न्यूजस्टोरी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा अड्किएको नेपाल वायुसेवा निगमको एक न्यरोबडी काठमाडौं आएसँगै नियमति उडान गर्न थालिसकेको छ ।

निगमले नियमित उडानमा प्रयोग गरिरहेको एयरबसको ए३२०(२०० को ९ एनएकेएक्स (लुम्बिन) नामक एउटा न्यारोबडी जहाज तीन दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा अलपत्र परेको थियो ।

उक्त जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि शनिबारदेख दुबइमै थन्किएको थियो । उक्त जहाजको आवश्यक मर्मत गरेर सोमबार साँझ काठमाडौं आएको छ भने यसले काठमाडौं आएलगत्तै नियमित उडान सुरु गरिसकेको निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहले जानकारी दिए । यो जहाज शनिबार काठमाडौंबाट दुवई गएपछि देखिएको प्राविधिक समस्याका कारण उतै थन्किएको थियो ।

निगमको यो जहाज नियमित उडानमा आएसँगै मंगलबारबाट एउटा वाइडबडी र २ वटा न्यारोडीसहित ३ वटा जहाजले नियमित उडान थालेका छन् । निमको अर्को एउटा वाइडबडी जहाज भने मर्मतकै क्रममा इटलीमा छ ।