मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंबाट भरतपुर उड्नै लाग्दा बुद्धको जहाजमा देखियो समस्या, ओरालियो यात्रु

काठमाडौंबाट भरतपुर उड्नै लाग्दा बुद्धको जहाजमा देखियो समस्या, ओरालियो यात्रु

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंबाट भरतपुर उड्ने लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बिहान भरतपुर उड्ने तयारीमा रहेको जहाजमा प्राविधिक समस्या देखिएको हो ।

समस्या भएपछि ट्याक्सी वे’मै रोकिएको जहाजबाट यात्रुहरुलाई ओरालिएको छ । त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् ।

बिहान ७ः२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए ।