मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित

सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित

न्यूजस्टोरी

काठमाडौं, ३० भाद्र । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

ललितपुरमा चलिरहेको सङ्घको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेशी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव वन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजक सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्विरोध चयन हुन नसकेका विभिन्न पदमा आज चुनावी प्रक्रियाबाट टुङ्गो लगाउने तयारी छ ।