मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सचिवालय बैठक सुरू

एमाले सचिवालय बैठक सुरू

न्यूजस्टोरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो।

आज दिउँसो १ बजेका लागि डाकिएको बैठक ३ बजेमात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो। अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुनेछ।