मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा संयुक्त लगानीको लागि सम्झौता

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा संयुक्त लगानीको लागि सम्झौता

न्यूजस्टोरी

काठमाडौं, २७ भाद्र । नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा संयुक्त लगानीको लागि सम्झौता भएको छ । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि ९आइटी० क्षेत्रमा संयुक्त लगानीका लागि आज सम्झौता भएको हो ।

आइजिसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामाले आजको कार्यक्रम केवल सम्झौतापत्रमा हस्ताक्षरको मात्र नभइ नेपाल र जापानबीच सहकार्य, विकास तथा साझा दृष्टिकोणको यात्रा भएको बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रमा यो प्रतिबद्धताले नेपाललाई डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनतर्फ लैजाने काममा सहयोग पुर्‍याउने बताउनुभयो ।

यस्तै केइरिनकन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यक्रम अधिकृत सतोशी सातोले यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभइ नेपाल र जापानबीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताउनुभयो । उहाँले यस साझेदारीको माध्यमबाट नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो ।