मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली–देउवाविरुद्ध नाराबाजी गर्ने दुईजना पक्राउ, सोधपुछ जारी

ओली–देउवाविरुद्ध नाराबाजी गर्ने दुईजना पक्राउ, सोधपुछ जारी

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । सुर्खेतका गोपीराज जैशी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको काठमाडौं परिसरका एक अधिकारीले जानकारी दिए ।

गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले नेताविरुद्ध नाराबाजी गरेका थिए । आफूविरुद्ध नाराबाजी भएपछि देउवा आक्रोशित बने थिए ।