मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा १० जना सवार बोलेरो भीरबाट खस्याे यात्रु सकुसल

धनकुटामा १० जना सवार बोलेरो भीरबाट खस्याे यात्रु सकुसल

न्यूजस्टोरी

काठमाडौं । धनकुटामा १० जना सवार गाडी भीरबाट करिब ९० मिटर तल खसेको छ।

संखुवासभाको उम्लिङबाट इटहरी जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी धनकुटा नगरपालिका वडा नम्७शधवसबर ६ फोक्लेन टापुमा ब्रेक फेल भएर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले जानकारी दिए।

गाडीमा चालकसहित १० जना सवार थिए। त्यसमध्ये दुई जना बालक सामान्य घाइते भएका र उनीहरू जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका एसपी चौधरीले बताए। प्रहरीका अनुसार ब्रेकमा समस्या भएपछि गाडीलाई मर्मत सेन्टरमा लगेर पार्किङ गर्नेक्रममा गाडी पल्टिएको थियो।