मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा प्रहरीबाट छापा-चार करोड रुपैंयाँ बराबरको ईलेक्ट्रिक भेप बरामद

पर्सा प्रहरीबाट छापा-चार करोड रुपैंयाँ बराबरको ईलेक्ट्रिक भेप बरामद

न्यूजस्टोरी

शेखर छतकुली
पर्शा, ५ साउन ।
पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा ईलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।
शुक्रबार दिउसो वीरगन्ज महानगपालिका वडा नम्बर ६ रेल्वेरोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी ७६ कार्टुनमा १५ हजार पिस प्रहरीले भेप नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजबाट अन्दाजी करिव चार कारेड मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको भेप प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

उपरिक्षक ढुंगेलका अनुसार भंसारबाट ४ वटा भेप फेला परेपछि प्रहरी खोजवीनमा लागेको थियो । खोजवीनका क्रममा डाफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको राखिएको अवस्थामा भेप बरामद भएको उहाँले बताउनुभयो ।
पर्सा प्रहरीले पहिलोपटक वीरगंजबाट यति ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको हो। एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ भने ७६ कार्टुनमा करिब १५ हजार २ सय पीस रहेको छ । बरामद भेपको बजार मूल्य करिब अन्दाजी ४ करोड रुपैंयाँ बराबरको हाराहारीमा रहेको पर्सा प्रहरीले जनाएको छ ।