मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा मौलाउँदो हुण्डी कारोबार, स्रोत नखुलेको साढे १२ लाख रुपैयाँ सहित दुई जना प्रहरी नियनत्रणमा

पर्सामा मौलाउँदो हुण्डी कारोबार, स्रोत नखुलेको साढे १२ लाख रुपैयाँ सहित दुई जना प्रहरी नियनत्रणमा

न्यूजस्टोरी

वीरगंज, २३ साउन । सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १२ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ड्राइपोर्ट स्थित रहेको सशस्त्र प्रहरीको बेस क्याम्पले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली १२ लाख ५० हजार रुपैया सहित एक भारतिय र एक नेपाली गरी २ जनालाई नियन्त्रणमा लिएको हो ।

बीरगंज महानगरपालिका वडा नम्वर २५ स्थित सिरिसियावाट विशेष सूचनाको आधारमा चेक जाँचका क्रममा भारतवाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल ड्राईपोर्टले स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक विपिन खनालले बताउनुभयो ।

उक्त रकम सहित पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतो रहेको सशस्त्र प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट ना ३५ प ६७१६ नम्वरको मोटरसाइकल र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको मोटरसाइकल र उक्त रकम सहित उनिहरुलाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।