मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नोभा ट्रेडिङ्को लापरवाहि- एक दिनमै काटियो दुई रसिद (भिडियो सहित ) एक्सकुल्सिभ

नोभा ट्रेडिङ्को लापरवाहि- एक दिनमै काटियो दुई रसिद (भिडियो सहित ) एक्सकुल्सिभ

न्यूजस्टोरी

वीरगंज, ३ साउन । वीरगन्ज महानगरपालिकाले आर्थिक बर्ष २०८१ देखि २०८२ सम्मको लागि बोर्ड बैठकबाट निकालिएको टेन्डर नोभा ट्रेडिङले लिन सफल भएपछि नोभाको लापरवाहि पनि मौलाउँदै गएको छ । महानगरको बोर्डको निर्यण अनुसार भारतीय मालबाहक गाडीहरुसँग मात्र २८२ रुपैया नेपाली काटिने सम्झौता गरि टेन्डर नोभा ट्रेडिङलाई दिइएको थियो ।
नोभा ट्रेडिङले राखिएको ढाटहरुले लोड रहेको गाडीबाट २८२ रुपैया नेपाली लिनु पर्नेमा भारतीय सवारी साधनहरुबाट भारतीय रुपैयाँ २५० लिएको र सोही दिनको मितीमा खालि गाडीलाई जबर्जस्ती रोकी २५० रुपैया भारतिय रुपैया लिई एक दिनमै २ वटा रसिद काटिएको केही प्रमाणहरु पाएपछि रहस्य बाहिर आएको होे । यस्ता लापरवाहीका घटना बाहिर आउन थालेपछि वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष संजु छतकुलीको टोलीले साँझ ८ बजे अनुगमनमा पुग्नुभएको थियो ।

अनुगमनमा पुगेका वडा अध्यक्ष छतकुलीले बुधवार पत्रकार सम्मेलन मार्फत सो विषयमा जानकारी समेत गराउनुभएको थियो । अध्यक्ष छतकुलीले लोड रहेको गाडिको मात्र काटिने नियम भएपनि दुबै तिर बाट आएको गाडीबाट एकदिनमै २ वटा रसिद काटि भारतीय रुपैयाँ लिने गरेको समेत बताउनुभयो । उहाँले साहुले बाटो खर्च तोकेर दिएको रकमबाट चालकहरुले बाध्य भएर आफ्नो खाना खर्च काटेरै दिने गरेको बताउनुभयो । छतकुलीले यो विषयमा वीरगन्ज भन्सार कार्यालयलाई समेत जानकारी गराइसक्नु भएको छ । वीरगन्ज भन्सार कार्यालयले आईसिपीको बाटोमा ढाट राख्न नपाउने भन्दै ढाट हटाउन पत्रचार गरेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरि, आईसिपीको बाटोमा ढाटले गर्दा दैनिक दुर्घटना बढदै गएको र भारतिय सवारीसाधनलाई धाक धम्कि देखाई पैसा असुल्ने गरेको विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा समेत लिखित जानकारी गराएको छ ।