काठमाडौ । देशको दुरदराजमा बसेर गरिव असाहयका लागि सुगम सेवा प्रदान गर्न पक्कै पनि एउटा ब्यक्तिमा निहित शाहस प्रयाप्त नहुन सक्छ । तर, दुर्गममा बसेर पत्रकारिता मात्रै होइन गरिव, विपन्न र असहाय पात्रको पहिचान गर्न पक्कै पनि कुनै समाजसेवीको ह्दय निकै नै फराकिलो हुनुपर्छ । यस्तै, फराकिलो र अदम्य शाहसलाइृ सदा बरकरार राख्ने एकजना पत्रकारको नाम हो गगन ऐडि ।
दुर्गमका बस्तीमा कलम लिएर पस्ने र कलमकै माध्यमबाट दखीको घाउमा मल्हम लगाएर फर्किन सिपालु गगन सांच्चै गगन चुम्मी सपनाहरुलाई सार्थकता प्रदान गर्न सक्ने शाहसको अर्को नाम हो भन्दा पनि फरक नपर्ला । पत्रकारिताको माध्यमबाट समाजसेवामा होमिएका गगन अहिले सयौं बिपन्न बालबालिकाको लागि अभिभावक बन्न सफल हुनुभएको छ । अभिभावकिय भुमिकामा आँफलार्ई उभ्याउँदा निकै गर्वको अनुभुति हुने उहाँको भनाइ छ । बाजुराको सदरमुकाम मार्तडीबाट एकहप्ता पैदल हिडेर पुगिने हिमाली गाउँपालिकामा रहेका दुर्गम वस्ती र वस्ती भित्र लुकेका कयौं हस्तिहरुलाई टेलिभिजनको पर्दामा देखाएर गगनले राज्यका निकायहरुमा रहेको अन्देखा पनलाई समेत चुनौती पेश गर्नु भएको छ ।
बाजुराको दुर्गम वस्तीमा देखेका सुन्दर अनुहारलाई काठमाडौं ल्याएर बालगृहमा राखी शिक्षा प्रदान गर्ने मात्रै होइन उनिहरुको भोको पेटमा न्याय गर्न गगनले देखाएको उदारता सायदै अरुमा देखिन सक्छ । कमजोर आर्थिक अवस्थाबाट गुर्जेको समाजलाई सम्वृद्धिको ऐना देखाएर मुलुकको हितमा काम गर्ने उहाँ आँफै एउटा बिपन्न परिवारबाट यहाँ सम्मको यात्रा तय गर्न सफल हुनुभएको हो ।
काठमाडौंका बालगृहमा ३५ जना बालबालिकालाई शिक्षा प्रदान गर्न उहाँले खेलेको भूमिका साँच्चै सराहनीय छ । हरेक दुर्गम वस्तीमा एउटा मात्रै गगन बन्न सक्ने हिम्मत कसैले गर्न सक्यो भने वस्ती साँच्चै सुन्दर बन्न सक्छ
प्रतिक्रिया