मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चक्कु देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुईजना पक्राउ

चक्कु देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुईजना पक्राउ

न्यूजस्टोरी

काठमाडौँ । प्रहरीले धारिलो हतियार देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

मुड्खु भञ्‍ज्याङ नजिक मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारी संगिता रोक्काले संकलन गरेकी दुई लाख आठ हजार छ सय रकम चक्कु देखाई लुटपाट गर्ने दुई जना पक्राउ परेका हुन् ।

सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खु घर भएका बर्ष ३३ को सरोज परियार र रसुवा घर भई डल्लु बस्ने बर्ष २३ को संगम तामाङलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एक लाख उनान्चालिस हजार पाँच सय रुपैयाँ नगद, बा ८३ प ५४२४ नम्बरको मोटरसाईकल र एक थान मोवाईल बरामत गरेको छ । उनीहरुमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।