मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरका मेयर महर्जनलाई अख्तियारको अर्को पत्र

ललितपुर महानगरका मेयर महर्जनलाई अख्तियारको अर्को पत्र

न्यूजस्टोरी

काठमाण्डौ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि अर्को पत्र पनि लेखेको छ । अस्ति अख्तियारले पहिरो पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियो ।

हिजो फेरि अख्तियारले प्रेस संयोजकको रूपमा रमा लुईंटेल र रुपकृष्ण कर्माचार्यलाई नियुक्ति दिएको विषयमा बयानका लागि मेयर महर्जनलाई अर्को पत्र पठाएको हो । अख्तियारले मेयर महर्जनलाई असार २६ र २८ मा टङ्गालको कार्यालयमा बोलाएको छ । यसअघि २०७७ सालमा धापाखेल क्षेत्रका पहिरो पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत एक लाख ५० हजार र दुई लाख रुपैयाँ राहत दिएको भन्दै उहाँमाथि उजुरी परेको थियो । जसका लागि गएको मंगलवार अख्तियारले बयानका लागि महर्जनलाई बोलाएको थियो ।

ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा। सुमित्रा अमात्यको चाकुपाटमा रहेको घरले सार्वजनिक जग्गा मिचेको भन्दै अस्ति डोजर चलाए लगत्तै अख्तियारले पत्र काटेर बयानका लागि मेयर महर्जनलाई बोलाएको हो ।