मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुकुल ढकालसँग रिसाए रवि लामिछाने, कारबाही हुन सक्ने 

मुकुल ढकालसँग रिसाए रवि लामिछाने, कारबाही हुन सक्ने 

न्यूजस्टोरी

काठमाडौं । आम नागरिकमाझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्तमान अवस्थाबारे समीक्षा प्रतिवेदन बुझाएका महामन्त्री मुकुल ढकालसँग सभापति रवि लामिछानेसहितको एक पङ्क्ति असन्तुष्ट बनेको छ । पार्टी नेतृत्वमाझ छलफलै नगरी समीक्षा प्रतिवेदन मिडियालाई दिएको विषयमा उनीमाथि कारबाहीसमेत हुन सक्ने बताइएको छ ।

प्रतिवेदनमा उनले पार्टी बिरामी अवस्थामा रहेको र निको पार्न सामान्य सिटामोलले नभई शल्यक्रिया नै गर्नुपर्ने निचोड सुनाएका छन् । यति मात्र होइन, प्रदेश खारेजी र जनताबाट चुनिने प्रत्यक्ष कार्यकारीको पक्षमा उभिन पनि उनले सुझाएका छन् । प्रतिवेदनमा उनले अहिलेकै अवस्थामा चुनावमा गए पार्टीले निराशाजनक परिणाम पाउने पनि बताएका छन् ।

लामिछानेनिकट नेताहरूले महामन्त्री ढकाललाई जिम्मेवारीमुक्त गर्नुपर्ने आवाज उठाउन थालेको एक नेताले बताए । प्रतिवेदन बुझाउनुअघि नै ढकाल स्वयम्‌ले आफू कारबाहीमा पर्ने संकेत गरेका थिए । यद्यपि, बुधबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले आफ्नो पार्टी लोकतान्त्रिक विधिअनुसार चलेको भन्दै यसकै आधारमा कारबाही नगर्ने बताएका थिए ।

तर, उनी महामन्त्री ढकालले पहिल्यै प्रतिवेदन सार्वजनिक गरेको विषयमा रुष्ट रहेको बुझिएको छ । उनीनिकट नेताहरूले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने सुझाव दिएको ती नेताले बताए ।