काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीको भनाइ छ । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया