काठमाडौं । कवाड व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । काठमाडौं महानगरले धमाधम कवाड व्यवसायीहरुलाई हटाउन सुरु गरेको भन्दै उनीहरु आजदेखि विरोध प्रदर्शनमा सडकमा उत्रिएका हुन् ।
काठमाडौं महानगरले रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अदालतको निर्णयसमेतलाई बेवास्ता गरी कवाड व्यवसायीहरुमाथि अन्याय गरिरहेको उनीहरुको भनाइ छ । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनीहरुले बताए ।
साथै, महानगरभित्रका विभिन्न वडाहरुले कवाड व्यवसायीहरुको व्यवसाय नवीकरण नगरिदिएको पनि उनीहरुको भनाइ छ । काठमाडौं महानगरले व्यवसाय नै निषेध गर्न खोजेको भन्दै उनीहरु सडक संघर्षमा उत्रिएका हुन् ।























प्रतिक्रिया