मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशगजामा दुईवटा शव फेला

दशगजामा दुईवटा शव फेला

न्यूजस्टोरी

पर्सा । पर्साको जगरनाथपुरमा गाडिएको अवस्थामा दुईवटा शव फेला परेको छ । जगरनाथपुर गाउँपालिका–१ विसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटो दशगजाको ४२१/५ नम्बरको सीमास्तम्भ नजिकै दुईवटा शव गाडिएको अवस्थामा फेला परेको हो ।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा मंगलबार मध्याह्न १२ बजेतिर शव गाडेको स्थानमा स्यालले खोतलेको अवस्थामा ती शव भेटिएको हो । घटनास्थल दशगजामा नेपालतर्फ रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए । उनले दुवै शव पहिचान गर्ने कामसँगै घटनाको अनुसन्धान पनि थालिएको बताए ।