मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फणीन्द्र देवकोटा समाजवादी होइन, माओवादी केन्द्रकै सांसद हुन् : निर्वाचन आयोग

फणीन्द्र देवकोटा समाजवादी होइन, माओवादी केन्द्रकै सांसद हुन् : निर्वाचन आयोग

न्यूजस्टोरी

काठमाडौं । माओवादी केन्द्रको ह्वीप विपरीत प्रदेश सभा सदस्य देवकोटाले जेठ २८ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। “गोलाकारभित्र हँसिया हथौडा चिह्नबाट चुनाव लड्नुभएकाले हाम्रो अभिलेख अनुसार उहाँ माओवादी पार्टीकै माननीय सदस्य हुनुहुन्छ,” एक निर्वाचन आयुक्तले हिमालखबरसँग भने।

२०७९ को निर्वाचनमा माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा लिएर गोरखा २ (क) बाट उठेका देवकोटा १२ हजार ४१८ मत सहित निर्वाचित भएका थिए।

यता मुख्यमन्त्रीलाई विश्वासको मत दिने वेला पार्टीको ह्वीप उल्लंघन गरेर ‘फ्लोर क्रस’ गरेको भन्दै देवकोटालाई दलको बैठक बसेर कारबाही गर्न लागिएको माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले भने विज्ञप्ति मार्फत देवकोटा आफ्नो पार्टीको सांसद भएकाले माओवादीले कारबाही गर्न नमिल्ने दाबी गरेको छ।