मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ वर्षीया बालिका बेच्न लैजाँदै गर्दा सम्बरबहादुर पक्राउ, जो १० वर्ष जेल बसेर छुटेका थिए

१४ वर्षीया बालिका बेच्न लैजाँदै गर्दा सम्बरबहादुर पक्राउ, जो १० वर्ष जेल बसेर छुटेका थिए

न्यूजस्टोरी

काठमाडौं । एक बालिकालाई बेच्न भारत लैजाने क्रममा २ जना पक्राउ परेका छन् । आर्थिक अवस्था कमजोर भएको परिवारकी १४ वर्षीया किशोरीलाई बेच्न लैजान लागेको अवस्थामा नुवाकोटका सम्बरबहादुर तामाङ र इन्दिरा कटुवाल तामाङ पक्राउ परेका हुन् ।

नुवाकोट दुप्चेश्वर ६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ मानव बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर अघिल्लो साल वैशाखमा मात्रै छुटेका थिए । पीडितलाई नेपालको सीमा कटाउन गाह्रो हुने भएकाले अरुकै नागरिकता प्रयोग गराएका थिए सम्बरबहादुर र इन्दिराले पीडित बालिकालाई अरुकै सक्कल नागरिकता दिएर नाम र उमेर ढाँट्न लगाएका थिए । उनीहरूबाट केही भारतीय रकम समेत बरामद भएको छ ।

ललितपुरको सुनाकोठीबाट पीडित बालिकाको उद्धार भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।