मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभाको आज र भाेलिकाे बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधि सभाको आज र भाेलिकाे बैठक सूचना टाँसेर स्थगित

न्यूजस्टोरी

काठमाण्डौ । प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित भएको छ । दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेपछि आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल गर्ने तयारी थियो । बैठकअघि सभामुख देवराज घिमिरले बोलाउनुभएको बैठकमा दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेका हुन् । त्यसपछि आज र भोलिको प्रतिनिधि सभाको बैठक स्थगित गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक आउँदो मंगलवार बिहान ११ बजे बस्नेछ । सभामुखले बोलाउनुभएको बैठकमा सभामुखसहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा ९एमाले० प्रमुख सचेतक महेश बर्तौला, नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी हुनुहुन्थ्यो ।