मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै सात महिना इजरायलले गाजामा युद्ध जारी राख्ने

अझै सात महिना इजरायलले गाजामा युद्ध जारी राख्ने

न्यूजस्टोरी

इजरायले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी राख्ने सङ्केत गरेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय विभिन्न मध्यस्तकर्ताको सहयोगमा युद्धविराम हुने चर्चाका बीच इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको बताउनुभएको छ । उहाँले गाजालाई पूर्ण रुपमा नष्ट नगरेसम्म आफ्नो लक्ष्य पूरा नहुने भन्र्दै युद्ध अन्त्य हुने आशामा शङ्का व्यक्त गर्नुभएको छ ।

हमासविरूद्धको कारबाही शुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू अस्ति बुधवार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी प्रतिक्रिया आएका हुन् । आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको छ ।